घरायसी विवादमा आफ्नै बाबुको हत्या, छुरा प्रहारबाट सौतेनी दाजु घाइते

मंसिर २८, विराटनगर । विराटनगर महानगरपालिका–१७ स्थित धुनिया बस्तिमा बिहिबार एक व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् । 

छुरा प्रहारबाट सोही स्थान बस्ने ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

गएराती साढे ९ बजेको समयमा शशी मण्डल, निजको जेठी श्रीमतीको छोरा २५ वर्षीय आकाश मिया मण्डल र मृतक शशी मण्डलकी कान्छी श्रीमतीको छोरा २२ वर्षीय चुनु मण्डलबीच घरायसी बिवाद भएको थियो । 

null

विवादका क्रममा चुनु मण्डलले शशीलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते मण्डलको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका राति साढे १० बजे क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डल समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ । 

छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *