भ्रष्ट मुलुकको सूचीमा नेपाल, राज्यको स्रोतमै डकैतीः मुख्यमन्त्री राउत

 

बैशाख ३१, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार नियन्त्रण केन्द्रबाटै सुरुवात गर्नुपर्ने बताएका छन् । 

मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रमै भ्रष्टाचार बढेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसको नियन्त्रणका लागि केन्द्रले नै पहल गर्नुपर्ने बताएका हुन् । 

null

पत्रकारसँग कुरा गर्दै उनले भने, ‘राज्यको स्रोतमै डकैती भइरहेको छ । भ्रष्टाचार रोक्न आफैँबाट सुरुवात गर्नुपर्छ । प्रदेशभित्र सुशासन कायम राख्न पहिले म आफैं स्वच्छ हुनुपर्छ । त्यसपछि मन्त्री, प्रशासनिक कर्मचारी आउँछ ।’ 

उनले अहिले नेपाल सबैभन्दा भ्रष्ट मुलुकहरुको सूचीमा रहेको पनि स्मरण गराए । ‘हामी अहिले सबैभन्दा भ्रष्ट मुलुकहरुको सूचीमा छौँ । हाम्रो कुनै एन कानुनले हामीलाई भ्रष्टाचार गर्न भनेको छ र ? छैन । तर पनि भइरहेको छ । यो आचरण कहाँबाट आयो ?’ भन्दै उनले प्रश्न गरे । 

केही दिन अघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै सरकार ढाल्ने चेतावनी दिएका थिए । 

अध्यक्ष दाहालले ‘हामीले चाहने हो भने अहिले नै त्यहाँ सरकार बन्न सक्छ । उहाँहरुले बनाएको सरकारले राम्रो गरे साथ हुन्छ भनेको हो तर त्यस्तो देखिएन । झन् बढी भ्रष्टाचार बढ्यो । यही अवस्था रहे बीचैमा सरकारको नेतृत्व लिने स्थिति आउन सक्छ,’ भनेका थिए । 

प्रचण्डको यस्तो टिप्पणीपछि मुख्यमन्त्री राउत केन्द्र सरकारको आलोचनामा उत्रिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *