कोरोनाका कारण वीपी प्रतिष्ठानले बन्द गर्यो विद्युतीय हाजिरी ब्यवस्था

फागुन ३०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमणको त्रासका कारण विद्युतीय हाजिरी ब्यवस्था बन्द गरेको छ ।   

प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीले अनिवार्य गर्ने विद्युतीय हाजिरी ब्यवस्थालाई अर्को सूचना जारी नगरुञ्जेल बन्द गरिएको प्रतिष्ठानले जनाएको छ ।   

प्रतिष्ठानले आज एक सुचना जारी गरी प्रतिष्ठानको कलेज, विभाग, महाशाखा आदिमा कार्यरत शिक्षक/प्रशिक्षक, कर्मचारीहरुको हाजिरी व्यवस्था (electronic Device) को माध्यमबाट भइरहेकोमा विश्वव्यापी रुपमा फैलिएको प्राणघातक रोग कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अवस्थालाई मध्य नजर गर्दै अर्को सूचना नहुञ्जेल अनिवार्य रुपमा हाजिरी खातामा हाजिर गर्न भनेको छ ।   

Image may contain: text

प्रतिष्ठानले कोरोना भाइरस उपचारका लागि १० वटा आइसोलेड बेडको ब्यवस्था गरेको छ भने, कोरोना भाइरसबाट बच्न सचेतना र सुरक्षाका उपाय अवलम्बन गर्दै आइरहेको छ ।  प्रतिष्ठानमा शिक्षक, कर्मचारी, विद्यार्थी, पदाधिकारी गरी करिब १० हजारकाे संख्या रहेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *