यौन दुव्र्यवहारको आरोपमा चितवनका निमबहादुर पक्राउ
मकालु खबर
२०७६ जेठ १४ गते
जेठ १३, चितवन । बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा चितवनको रत्ननगरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर १५ का ४५ वर्षिय निमबहादुर सुनारलाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।
null
रत्ननगर १५ मैं केही समयदेदेखि मामा घर बस्दै आएकी ११ वर्षिया बालिकामाथि पटक पटक यौन दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ ।
पीडितका तर्फबाट सोमबार उजुरी परेपछि प्रहरीले सुनारलाई सोमबार नै पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको डिएसपी आचार्यले जानकारी दिए ।
मकालु खबर
२०७६ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित