सांग्रिला बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता

 

असार ८, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । 

आइतबार आयोजित एक कार्यक्रममा बैंक र उक्त कम्पनीबीच सो सम्बन्धी सम्झौता भएको हो । 

null

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट उक्त कम्पनीका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे । 

आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएको सांग्रिला बैंकको यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत् पठाएको रकम सांग्रिला डेभलपमेण्ट बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नेछन् । 

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट उक्त सेवा प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *