ए डिभिजन लिगः एनआरटीलाई हराउँदै तेस्रो स्थानमा उक्लियो पुलिस

मंसिर १४, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको शुक्रबारको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३–० ले हराउँदै तेस्रो जित हात पारेको हो । एनआरटीको भने यो चौथो हार हो । जितसँगै पुलिस क्लब तेस्रो स्थानमा उक्लिएको छ । 

पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल र अभिषेक रिजालले एक गोल गरे । 

null

खेलको ४१ औं मिनेटमा निर कुमारको गोलबाट पुलिसले सुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफमा पुलिसले थप दुई गोल गर्यो । खेलको ६६ औं मिनेटमा अभिषेकले गोल गर्दै पुलिसको अग्रता २–० को बनाए । 

त्यसपछि खेलको ८२ औं मिनेटमा निर कुमारले दोस्रो गोल गर्दै पुलिसलाई ३–० को जित दिलाए । खेलमा पुलिसका निर कुमार राई म्यान अफ दि म्याच चुनिए । 

जितसंगै पुलिसले ५ खेलबाट १० अंक जोडेको छ । लिगको पुछारमा रहेको एनआरटीको १ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *