अाज गुरुङ समुदायको ट्होटे पर्व

साउन ३१, मकालु खबर । साउन महिनाको अन्तिम मङ्गलवार । गुरुङ समुदायले आज आफ्नो मौलिक पर्व ट्होटे मनाएका छन् । परापूर्व कालदेखि समाजमा रहेको भूत प्रेतलार्इ धपाउनका लागी गुरुङ समुदायहरुले मनाउदै आएका छन् । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, वाजाहरु डम्फा, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शन गरी झाकी निकाली धुप वालेर समाजमा रहेको भुतलाइ धपाउने गर्दछन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ ।

चैत्र महिनाको अन्तिम मङ्गलवार र साउन महिनाको अन्तिम मङ्गलवार उधौली र उभौलीको रूपमा यो पर्वलार्इ मनाउने गरिन्छ । गुरुङ समुदायका मानिसहरूले चैत्र महिनामा मनाउने ट्होटेलार्इ उभौली र साउनमा मनाउनेलार्इ उधौली पर्वको रूपमा मनाउने गर्दछन् । परापूर्व कालमा गाउमा खेतीपाती राम्रो होस, वैरी शत्रु नाश होस भन्ने कामना सहित गाउँमा ट्होटे मनाउने गरिएतापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको पाइन्छ ।

पछिल्लो समय तमु जाति मात्र नभर्इ आदिवासी जनजातिमा समावेश अन्य जातिको मौलिक हक अधिकार सुनिश्चितताका लागी खवरदारी स्वरूप यो पर्व मनाइदै आएको पाइन्छ । ट्होटेमा अघिल्लो वर्षहरु देखि गुरुङ मात्र नभर्इ आदिवासी जनजातिहरू मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि यो पर्वमा सहभागी हुँदै आएका छन् ।वर्षको दुई पटक उभौली र उधौलीको रूपमा मनाइने गुरुङ समुदायको ट्होटे पर्वले गुरुङ समुदायको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिन जरुरी देखिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *