चितवनको राप्तीमा अस्पताल छ, डाक्टर छैनन्

 चैत १४ चितवन । चितवनको राप्ती नगरपालिकामा अस्पताल सञ्चालन भएको दुई महिना भईसक्दा समेत डाक्टर अझै आएका छैनन् । प्रदेश सरकारले डाक्टरलाई तोकेरै पठाएपनि उनी अस्पतालमा अनुपस्थित छन् । 

प्रदेश सरकारले मेडिकल अफिसर डाक्टर हरि शंकर प्रसादलाई करारमा नियुक्त गरेपनि उनी कार्यभार सम्हाल्न नआएको राप्ती नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले चितवनको राप्तीसँगै कालिका नगरपालिकामा १५ शैयाको अस्पताल सञ्चालनका लागि स्वीकृत दिएको थियो । साविक भण्डारा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी भण्डारा अस्पताल बनाइएको हो । डाक्टर नहुँदा अस्पतालका हेल्थ असिस्टेन्ट राजु विक निमित्त प्रमुखको रुपमा रहेका छन् । 

 

null

अस्पताल स्थापना भएपछि विरामीको चाप बढेको छ । तर, साविक स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा मात्रै उपलव्ध भईरहेको छ । अस्पताल स्थापनाका वेला स्थानीयमा खुसीयाली छाएको थियो । हेल्थ असिस्टेन्ट विकले भने–‘भौतिक संरचना पर्याप्त नहुँदा र डाक्टर नहुँदा विरामी रेफर गर्नु पर्ने अवस्था छ ।’ आफ्नो तहबाट उपलव्ध हुने सेवामा भने कुनै कमी नभएको विक बताउँछन् । 

अस्पतालमा दैनिक ५० देखि ६० जना विरामीहरु आउने गरेको हेल्थ असिस्टेन्ट विकले बताए । भौतिक पुर्वाधार तयार नभएकाले साविकको भण्डारा स्वास्थ्य चौकीकै भवनबाट अस्पताल सञ्चालनमा ल्याईएको छ । अस्पतालबाट एक्सरे, भिडियो एक्सरे, आकस्मिक सेवा, विरामी भर्ना सेवा, स्तरीय ल्याव सुविधा सहितको सेवा उपलव्ध हुनेछ । 

तर, भवन र डाक्टर नहुँदा अस्पतालले ति सेवाहरु प्रवाह गर्न सकेको छैन् । राप्ती नगरपालिकाकी मेयर प्रभा बराल डाक्टर ल्याउने विषयमा प्रदेश सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताउँछिन् । ‘सरकारले डाक्टर तोके पनि आएका छैनन् ।’ मेयर बराल भन्छिन्–‘योग्यता पुगेका डाक्टर नगरपालिकाले सिफारीस गरेर पठाए उसैलाई नियुक्त गर्ने जानकारीसहितको पत्र आएको छ, हामी डाक्टर खोज्दैछौ ।’ 

यसअघि नियुक्त भएका डाक्टरले भण्डारा अस्पताल नआउने जानकारी प्रदेश सरकारलाई गराई सकेका थिए । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० लाख रुपैया विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले जानकारी दिए । 

नगरपालिकाले भने नयाँ निर्माणका लागि भने करिव ३० लाख रुपैया खर्च गर्दैछ । भण्डारा अस्पतालका लागि तत्काललाई एक डाक्टरसहित १५ जनाको दरवन्दी छ । तर, अहिले ८ जना मात्रै कार्यरत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *