मिस वर्ल्डको फाइनल राउण्डमा श्रृंखला खतिवडा

मंसिर १४, काठमाडौँ । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।  

।मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीनमा रहेकी मिस नेपाल श्रृंखला शुक्रबार आयोजित ‘हेड टू हेड च्यालेन्ज’ विधामा समूह विजेता बन्दै फाइनल राउण्डमा प्रवेश गरेकी हुन् ।  ‘हेड टु हेड च्यालेञ्ज’  मा उनले प्रश्‍नको सही उत्तर दिँदै टप २० मा छानिएकी हुन्। 

समूह १३ मा रहेकी श्रृंखला ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस वर्ल्डको फाइनल राउण्डमा प्रवेश गरेकी हुन् । उनीसँगै २० सुन्दरी फाइनल राउन्डमा प्रवेश गरेका छन् । 

null

मिस वर्ल्ड २०१८ प्रतियोगिताको पहिलो नम्बरमा मोरिसस, क्रमश दोस्रोमा फ्रान्स, तेस्रो भेनेजुएला, चौथोमा फिलिपिन्स, पाँचौ नाइजेरिया, छैँटौँ बंगलादेश, सातौँमा चिली, आठौ नम्बरमा लेबनान, नवौँमा मलेसिया, दसौंमा ग्वाडेलप, एकारौँ नम्बरमा म्बरमा म्‍यानमार र बाह्रौ नम्बरमा भारतका सुन्दरी छानिएकी छिन् । 

मिस नेपाल श्रृंखला खतिवडा भने तेह्रौ नम्बरमा छिन्। यस्तै चौधौं नम्बरमा सिंगापुर, पन्ध्रौ नम्बरमा थाइल्‍याण्ड, सोह्रौ नम्बरमा बुल्गेरिया र सत्रौ नम्बरमा मेक्सिको रहेका छन् भने अठारौ नम्बरमा ट्रनिड्‍याड एण्ड टोब्‍याको, उन्नाइस नम्बरमा अर्जेन्टिना र बीसौ नम्बरमा युगान्डाका सुन्दरी छानिएकी छिन्। 

फाइनल राउण्डमा प्रवेश गरेपछि प्रतिक्रिया दिदैँ श्रृ‌ंखलाले सम्पूर्ण नेपाललाई धन्यवाद दिएकी छिन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *