विद्यार्थीको अभिभावक बन्याे कालिका मोटरसाईकल पार्टस्

 

बैशाख १६, चितवन । यामाहा मोटरसाईकलको आधिकारीक बिक्रेता कालिका मोटरसाईकल पार्टस्ले ५ जना विद्यार्थीको पठनपाठनको जिम्मा लिएको छ । 

रत्ननगर १६ स्थित भद्रकाली माध्यमिक विद्यालयमा अध्ययनरत ती विद्यार्थीहरुलाई कालिका मोटरसाईकल पार्टस्ले कक्षा १२ सम्मको जिम्मेवारी लिएको हो । 

null

विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै अभिभावकत्व ग्रहण गरिएको थियो । व्यवसायिक संस्था भएपनि सामाजिक उत्तरदायित्व बहन गर्दै ति विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेको कालिका मोटरसाईकल पार्टस्का प्रबन्ध निर्देशक तथा कालिका यामाहा कोषका अध्यक्ष उत्तम अधिकारीले बताए । 

भद्रकाली माविको कक्षा ४ मा अध्ययन गर्ने उदिप मगर र सुमिना मगर, कक्षा ८ मा अध्ययनरत मिलन सापकोटा, कक्षा ९ मा अध्ययनरत अभिषेक श्रेष्ठ र दिपिका परियारको अभिभावकत्व ग्रहण गर्दै कक्षा १२ सम्मको पठनपाठनको जिम्मा लिइएको हो । 

पाँच विद्यार्थी मध्ये सुमिना मगर र अभिषेक श्रेष्ठलाई एक एक थान साईकल समेत प्रदान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापा, एमए डब्लु इन्टरप्राईजेज प्रालिका एजिएम प्रकासबाबु देवकोटा, कालिका मोटरसाईकल पार्टस्का सञ्चालक उत्तम अधिकारीले संयुक्त रुपमा विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गरेका थिए । 

कालिका मोटरसाईकल पार्टस्ले प्रत्येक मोटरसाईकल र स्कुटर बिक्रीबाट रु २ सय रुपैया छुट्टाएर कोषमा जम्मा गर्दै आएको छ । कोष मार्फत् यसअघि पनि पूर्वी चितवनका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ । 

कालिका मोटरसाईकल पार्टस्ले आयोजना गरेको कार्यक्रमकै अवसरमा वडाध्यक्ष हेमराज थापाले सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत आयुसा सुयांलको अभिभावकत्व ग्रहण गरेका छन् भने विद्यालय व्यवस्थापन समिति सदस्य सर्मिला गुरुङले विनोद रिमाल, मुस्कान श्रेष्ठ र लक्ष्मी नेपालीलाई पाठ्यपुस्तक प्रदान गरेकी थिईन् । 

कालिका यामाहा कोषका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा चितवन अटोमाबाईल्स डिलर्स एसोसियसनका कोषाध्यक्ष विमल कुमार पौडेल, विद्यालयका प्रधानाध्यापक तीलक बहादुर कुँवर, बुद्धिजिवी घनश्याम प्रधान, कालिका मोटरसाईकल पार्टसका सेल्स म्यानेजर सुदिप लामिछाने लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *