बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा दुई जना पक्राउ

कात्तिक २९, गाईघाट । बालिका बलात्कार गरी हत्या गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । 

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकालाई बलात्कार गरि हत्या गरेको आरोपमा १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र १७ वर्षीय विपल पक्राउ परेका हुन् । 

उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया एन्जीना खड्कालाई स्थानीयवासी सोही युवकहरुले बलात्कारपश्चात् हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन मार्फत् जानकारी गराएको हो । 

null

घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएकी बालिका खड्कालाई एक्लै देखेर बलात्कार गरी उनको हत्या गरेको दुबै जना अभियुक्तले स्वीकार गरेको बयान प्रहरीलाई दिइएको जनाइएको छ । 

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रुखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, पेन्टी च्यातिएको घाँटीमा नीलडाम र मुखमा कपडा खादेको मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ । 

घटनाको अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले जनाएको छ । 

अनुसन्धानमा प्रहरीले छ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको पनि प्रहरी उपरीक्षक राईले बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *