डीपीएलमा आज: काठमाडौं र अत्तरिया फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गदैं

काठमाडौं । आज काठमाडौं गोल्डेन्स र सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गदैंछन् । ड्रिम फाप्ला मैदानमा डीपीएलको पहिलो क्वालिफायर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरियाबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दिउँसो १२ बजेर ३० मा सुरु हुनेछ । 

लिग चरणको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियासँग पराजित भएको थियो । लिग चरणमा ७५ रनमै अलआउट भएको काठमाडौंको क्वालिफायर राउण्डमा भने अत्तरियालाई बदला लिदै फाइनलमा पुग्ने लक्ष्य छ । यता अत्तरिया भने लिग राउण्डमा जस्तै नतिजा निकाल्दै फाइनल पुग्ने दाउँमा छ । 

लिगको शीर्ष स्थानमा रहेको अत्तरियाले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै आठ अंक बनाएर पहिलो क्वालिफायरमा प्रवेश गरेको थियो । त्यस्तै, पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि सात अंक बनाएको काठमाडौं लिगको दोस्रो हुदै क्वालिफायरमा प्रवेश गरेको हो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *