कृषि विकास बैंकको ३ वटा शाखाबाट २ करोड रकम चोरी, राष्ट्र बैंकमा आकस्मिक बैठक बस्दै

असोज ८, काठमाडौँ । कृषि विकास बैंकका तीन वटा शाखाबाट झण्डै २ करोड रुपैयाँ चोरी भएको छ । मंगलबार मध्येराति  सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर झण्डै २ करोड रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।   

घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी तथा फर्स्योट विभागका प्रमुख बमबहादुर मिश्रले ह्याकरले बैंकको ब्यालेन्स सिट नै प्रयोग गरेर रकम अन्तै सारेको बताए ।   

उक्त रकम ग्राहकको खाताको पैसा नभई बैंकको आफ्नै खाताबाट रकम चोरी भएको मिश्रले बताए । घटनाबारे राष्ट्र बैंकमा आकस्मिक बैठक बस्ने तयारी भइरहेको श्रोतले बताएको छ । घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाउन राष्ट्रबैंकको बैठक बस्न लागेको हो ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *