काठमाडौँ Vs बुटवलः काठमाडौँले दियो १७३ रनको लक्ष्य (लाइभ सहित)

२०७५ कार्तिक १६ गते

कात्तिक १६, पोखरा । पोखरा प्रिमियर लिग (पीपीयल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौँ रोयल्सले बुटवल ब्लास्टर्सलाई १७३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा रन १७२ जोड्यो । काठमाडौंका लागि नरेश बुढा ऐरले अर्धशतक बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे ।
यस्तै जयकसिन कोल्सवालाले ४५, कप्तान ज्ञानेन्द्र मल्लले नटआउट २५, पवन सर्राफले २२, गौरव तोमरले ११ रन बनाए ।
null
बलिङमा बुटवलका विपिन खत्रीले २ विकेट लिए। उनले ४ ओभरमा २९ रन दिए। रोहान मुस्ताफा र मोहमद सांसद शेखले १–१ विकेट लिए।

२०७५ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित