ओपोद्वारा फाइन्ड एक्स ५ जीप्रोटोटाइप सार्वजनिक

 

पुष ८, चाइना । चीनको सर्वाधिक ठूलो दूरसञ्चार सेवा प्रदायक, चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओपोले आफ्नो फाइन्ड एक्स ५ जीप्रोटोटाइप सार्वजनिक गरेको छ । 

ओपोले डिसेम्बर ६ देखि ८ सम्म गुआंगजौमा आयोजित ‘२०१८ चाइना मोबाइल ग्लोबल पार्टनर्स कन्फरेन्स’ मा पहिलो पटक फाइन्ड एक्स ५ जीप्रोटोटाइप सार्वजनिक गरेको हो । विश्वभरका आफ्ना औद्योगिक साझेदारहरुसँग सहकार्य गर्दै नयाँ ५ जी औद्योगिक पर्यावरणको विकास गर्ने ओपोको उद्देश्य रहेको बताइएको छ । यसै बर्षको सुरुवातमा सार्वजनिक ओपो फाइन्ड एक्स, फ्ल्यागशिप स्मार्टफोनले स्मार्टफोन उद्योगमा ‘अल स्क्रिन ट्रेण्ड’ को अगुवाइ गरिरहेको छ । विकसित देशहरुमा थप उपभोक्ता वृद्धि गर्ने लक्ष्य लिएर फाइन्ड एक्सका साथमा ओपोले पश्चिम यूरोपेली बजारमा प्रवेश गरेको हो । 

null

ईन्जिनियरिङ स्याम्पल स्न्याप ड्र्यागन ८५५ र एक्स ५०, ५ जीमोडेम सहितको ओपो फाइन्ड एक्स ५ जीप्रोटोटाइपले अदृतिय ५ जीपर्फरमेन्स दिने क्षमता राख्छ । यो उत्पादनले ग्लोबल पार्टनर्स कन्फरेन्सका अत्यधिक अवलोकन कर्ताको ध्यान आफूतिर खिच्न सफल रह्यो । 

 

कार्यक्रममा ओपो, क्वालकम र किसाइट टेक्नोलोजिज ईंक (अग्रणी विद्युतिय नाप कम्पनी) ले ५ जी डाटा कनेक्टिभिटी तथाएप्लिकेशन (ब्राउजिङ, अनलाइन भिडियो रिप्ले र भिडियो कल) लगायत फाइन्ड एक्स ५ जीप्रोटोटाइप मार्फत् प्रदर्शित गरेको थियो । सम्मेलनमा बोल्दै ओपो ग्लोबल भाइस प्रेसिडेन्टतथा प्रेसिडेन्ट अफचाइनाविजनेश ब्रायन शेनले भने, ‘सन् २०१९ माकमर्शियल ५ जी स्मार्टफोन सार्वजनिक गर्ने ओपो पहिलो कम्पनी हुनेमा हामी विश्वस्त छौँ ।’ 

५ जी यूगको अभियन्ताका रुपमा ओपोले सन् २०१५ देखि नै ५ जी स्ट्याण्डर्ड, प्रडक्ट आरएण्डडी र एप्लिकेशन्सको अध्ययन गर्दै अग्रगामी सफलता पनि हात पारिरहेको छ । 

सन् २०१८ ‘मे’ माओपोले ‘स्ट्रक्चर्ड लाइट’ प्रविधिको प्रयोग गर्दै विश्वकै पहिलो ५ जी थ्रीडी भिडियो कलको सफल परिक्षण गर्दै ‘युबिक्यूटस रियालिटी’ अवधारण प्रस्ताव गर्यो । लगतै अगस्टमा ओपोले स्मार्ट फोनमा विश्वको पहिलो ५ जी सिग्नलिङ तथा डाटा कलेक्सनको सफल परिक्षण गर्दै अक्टोबरमा ५ जी ईन्टरनेट एक्सेस परिक्षण गर्ने पहिलो कम्पनी बन्न सफल भयाये । ५ जीमा अर्को कोशेढुङाको रुपमा ओपोले नोभेम्बर ३० मा स्मार्टफोनमा ५ जी सञ्जाल मार्फत विश्वकै पहिलो मल्टिपार्टी भिडियो कलको सफल परिक्षण गरिसकेको छ । 

हाल ओपोले ५ जी+अवधारणा सार्वजनिक गरेको छ । ५ जी+ यूगमा सबै कुरा कनेक्टेड हुने र ‘एक्स्पेरियन्स ईज किङ’ हुने कम्पनीको विश्वास छ । ५ जी नेटवर्क मार्फत् सञ्चालन हुने विभिन्न स्मार्ट उपकरणको सञ्चालनका लागि स्मार्टफोन मूलआधार हुनेछ । ‘स्मार्ट हेल्थ तथा स्मार्ट होम जस्ता अवधारणाका लागि पनि स्मार्टफोन केन्द्र विन्दुका रुपमा स्थापित हुनेछ । ५ जी तथा अन्य अत्याधुनिक प्रविधिको मिलन विन्दुलाई ध्यानमा राख्दै ओपोले समग्र उद्योगसँग सहकार्य गर्दै ५ जी+नवप्रबर्तनात्मक ईको सिस्टम निर्माण गर्दैछ, ’शेनले भने । 

ओपोले भविष्यमा ५ जी उपयोगिताको वातावरण र उत्कृष्ट ५ जी एप्लिकेशन्सहरु प्रस्तुत गर्ने र तिनले प्रयोगकर्तालाई बहुआयामिक अनुभव दिने विश्वास व्यक्त गरेको छ । 

५ जी ईकोसिस्टम निर्माणका लागि ओपोले क्वालकम, नेटवर्क पूर्वाधार निर्माता, दूरसञ्चार सेवा प्रदायक लगायत अन्य सप्लाई चेन पार्टनरहरुसँग आफ्नो सहकार्य थप सुदृढ बनाउँदै लगेको छ । 

चीनमा ५ जी उपकरणको व्यवसायीकरणमा तीव्रताका लागि ओपोले चाइना मोबाइलसँग सहकार्य गरिरहेको छ । त्यसैगरी चाइना मोबाइलको ‘५ जी डिभाइस फोररनर ईनिसिएटिभ’ मार्फत् ५ जी ईकोसिस्टमको निर्माण गर्ने छ । चीन बाहिर भने ओपो यूरोप, अष्ट्रेलिया तथा अन्य ओभरसिज मार्केटहरुसँग अर्को वर्ष व्यापारिक ५ जी उत्पादन सार्वजनिक गर्ने योजना ओपोले अगाडी बढाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *