३६ महिनाको बचतमा ४२ महिनाको भुक्तानी प्राप्त गर्न सकिने

फागुन २९, काठमडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सांग्रिला क्र्रमिक मुद्दती योजना ल्याएको छ ।   

बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता” भन्ने सोचका साथ सांग्रिला क्र्रमिक मुद्दती योजना सार्वजनिक गरेको हो । 

यो योजना न्यूनतम मौज्दात रु ५०० बाट सुरु गर्न सकिनेछ । यस मुद्दती योजना अन्र्तगत ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् ।   

साथै यस योजना अन्र्तगत ३ वर्ष सम्म ब्याजदरमा कुनै परिर्वतन नहुने व्यहोरा बैंकले जानकारी गराएको छ  ।  यस योजनाबाट ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् ।   

बैंकका हालसम्म मुलुकभर ९१ शाखा कार्यालयहरु, २६ एटिएम रहेका छन् । साथै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस पालना गर्दै आएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *