नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ

 

साउन १५, काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन् । 

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराएकी हुन् । 

null

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपश्चात् रिक्त भएको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो भट्टराईलाई नियुक्त गरेका थिए । 

पर्यटनमन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा गत फागुन १५ गते मृत्यु भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सम्हाल्दै आएका थिए । अधिकारीको मृत्यु भएको ५ महिनापछि उक्त मन्त्रालयमा भट्टराईलाई नियुक्त गरिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *