‘गर्भको छोरी नफ्याल्न महिलाकै मानसिकता परिवर्तन हुनुपर्छ’

भाद्र २३, काठमाडौं । रिवन इन्टरटेनमेन्टले राजधानीमा आयोजना गर्न लागेको पाँचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना प्रतिष्पर्धी अन्तिम चरणमा पुगेका छन् ।   

लैगिंक असमानता विरुद्धको अभियान भन्ने मुल नाराका साथ आयोजना भइरहेको प्रतियोगिताकी एक प्रतिष्पर्धी हुन भाविसा कोइराला । पूर्वी नेपाल धरानमा जन्मिएर पश्चिम नेपालको कञ्चनपुरबाट प्रतिनिधित्व गर्दै प्रतियोगिताको अन्तिम ३६ मा पर्न सफल भाविसा महिला तथा बालबालिका बेचविखन विरुद्धको अभियानकी प्रोजेक्ट कोअर्डिनेटर हुन् ।   

२९ वर्षिया भाविसा मिसेस नेपाल इन्टरनेसनलको पाँचौं संस्करणमा महिला अधिकार, महिला हिँसा न्युनकरणकै विषयलाई प्राथमिकताका साथ उठाउने गरी भाग लिएकी हुन । यसपटकको प्रतियोगिताको थिम नै लैगिंक असमानता विरुद्धको अभियान भएकोले भाविसाले महिलालाई पनि पुरुष सरह हरेक क्षेत्रमा अधिकार दिनुपर्छ भन्ने मान्यता राख्छिन् । ‘महिलालाई पुरुष सरह हरेक क्षेत्रमा अधिकार दिए जस्तो सुकै काम गर्न सक्छिन् भन्ने मेरो मान्यता हो । खासगरी विवाहपछि महिलाहरु घरभित्र थन्किनुपर्छ भन्ने सोचलाई बदल्न पनि प्रतियोगितामा भाग लिएकी हुँ ।’ भाविसा भन्छिन् ।   

Image may contain: Bhawisha Koirala Chataut, standing and outdoor

समाजमा ब्याप्त महिला हिंसा, कुप्रथाका विरुद्ध काम गर्न र असमानता विरुद्ध आफुलाई उभ्याउने योजना छ भाविसाको । ‘मेरो क्षेत्र नै महिला तथा बालबालिका बेचविखन विरुद्ध भएकोले यहि क्षेत्रमा केहि गर्ने योजना बनाइरहेकी छु ।’  भाविसाका अनुसार पुरुषले महिलालाई साच्चीकै अगाडी बढेको देख्न चाहन्छन भने महिलालाई जुनसुकै क्षेत्रमा सपोर्ट गर्नुपर्छ । ‘महिलाहरु कमजोर हुन्छन् भन्ने मानसिकता त्यागेर पुरुषले प्रोत्साहन र अवसर दिनुपर्छ ।’ 

श्रीमान र परीवारको हौसलाले मिसेस नेपाल इन्टरनेशनल प्रतियोगितामा सहभागी भएकी भाविसाका अनुसार महिलाहरुलाई आफ्नो अधिकारका बारेमा स्पष्ट थाहा नभएरपनि पछि परेका हुन् । खासगरी ग्रामिण भेगका महिलाहरु विभिन्न प्रकारका घरेलु हिँसा, बोक्सी, दाईजो तथा छाउपडी प्रथाबाट पिडित हुनुमा उनीहरुलाई आफ्नै अधिकारका बारेमा थाहा नभएर पनि हो ।   

यसका साथै कतिपय अवस्थामा महिलाकै कारण पनि महिलाहरु हिंसाका शिकार भइरहेका छन् । ‘महिलाकै मानसिकतामा परिवर्तन आउन जरुरी छ, कतिपय महिलाकै कारण समाजमा महिला हिंसा तथा कूप्रथालाई बढावा मिलेको छ ।’ भाविसा भन्छिन्–‘गर्भको छोरी नफ्याल्न महिलाकै मानसिकता परिवर्तन गर्न जरुरी छ । बोक्सी आरोप, छाउपडी प्रथा जस्ता कुरीतिलाई महिलाले वास्ता नगरी अगाडी बढे महिला हिंसामा कमी आउँछ ।’ 

बर्तमान नयाँ संविधान र कानुनमा महिलाका पक्षमा धेरै सकारात्मक कुरा भएपनि कार्यान्वयन तहमा चुनौति छ । ‘छोरीलाई अनिवार्य शिक्षा, कुनैपनि बहानामा महिलामाथि हिंसा गर्न नहुने जस्ता कानुनमा भएका प्रावधानलाई सचेतनामूलक कार्यक्रम गरेर गाउँगाउँ पुर्याउन जरुरी छ । हामी कहाँ कार्यान्वयन गर्ने र अनुगमन गर्ने सवालमा कमजोरी छ ।’ उनी भन्छिन् ।   

साँढे ६ वर्षअघि विवाह गरी कञ्चनपुर गएकी भाविसाको अहिले साढे तीन वर्षको छोरा समेत छ । घर गृहस्थीसँगै आफ्नो प्रोफेसनलाई समेत एक साथ अगाडी बढाइरहेकी भाविसा महिलाहरु विवाह पश्चात पनि हरेक क्षेत्रमा अगाडी बढ्न सक्छन् भनेर उदाहरण दिनका लागि प्रतियोगितामा भाग लिएकी हुन् । ‘म यस प्रतियोगिता मार्फत आफू वरपरका महिलाहरूलाई प्रेरणा दिन र उनीहरूलाई विवाह अन्त्य होइन, शुरुवात हो भन्ने सन्देश दिन चाहन्छु ।’   

आगामी असोज ४ गते राजधानीको प्रज्ञाभवनमा फाइनल प्रतिष्पर्धा हुने प्रतियोगितामा विभिन्न क्षेत्रबाट प्रतिष्पर्धी गर्ने ३६ प्रतिष्पर्धीलाई आयोजकले तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्तरक्रिया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, महिला शशक्तिकरण, जुम्बा, सोसियल मिडियामा प्रोफाईलहरु, मानव अधिकार तथा कार्यक्रम सम्बन्धि कानुनी सल्लाहलगायतका व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट तालिम लिइरहेका छन् ।   

प्रतियोगीहरुलाई पूर्व प्रधानसेनापती रुक्माङगद कटुवाल, कलाकारहरु बिरेन्द्र हमाल, संचिता लुईटेल, व्युटिसियन सुष्मा महरा, शिक्षासेवी पुर्ण लामा, सञ्चारकर्मी विकास थपलिया, अधिवक्ता तथा कलाकार कृष्ण ढुङ्गाना, संगीतकार सरोज प्याकुरेल, साहित्यकार धिरेन्द्र प्रेमर्षी, व्यवसायी अनुप के बराललगायतले प्रशिक्षण दिइरहेको आयोजकले बताएका छन् । प्रतियोगिताको आयोजक निशुकान्त झा र फेशन कोरियोग्राफरमा अश्विनी झा रहेका छन् । प्रतियोगिताको आयोजक निशुकान्त झा र फेशन कोरियोग्राफरमा अश्विनी झा रहेका छन् ।  

प्रतियोगितामा बिजेताले नेपालका तर्फबाट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसरका साथै स्कुटर उपहार तथा विभिन्न अवसरहरु प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताको प्रथम दोश्रो र तेश्रो हुने हरुले विभिन्न अवसरका साथै अन्तराष्ट्रिय ब्यूटी पेजेन्टमा भाग लिने अवसर समेत पाउने छन् ।   

यस अघिका चार वटा सस्करणहरुमा सविता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे र चन्दा थापा गिरी विजयी भएका थिए । गत वर्ष भएको प्रतियोगिताकी विजेता चन्दा थापा गिरीले अघिल्लो वर्ष सिंगापुरमा सम्पन्न अन्तराष्ट्रिय प्रतियोगीता मिसेस इन्टरनेसनलमा मिसेस एसिया प्यासिफिकको उपाधि समेत हात पारेकीले यसपटक नेपाल संस्करणमा विजयी हुनेले अन्तराष्ट्रिय संस्करणमा राम्रो छाप पार्न सक्ने आयोजकको दावि छ ।   

याे पनि हेर्नुहाेस 

https://youtu.be/RtG31OXrfGg 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *