गाउँपालिका अध्यक्षलाई धम्कीः गोली खर्च गर्नु नपरोस् !

 

साउन २४, काठमाडौं । शुक्रबार दिउँसो काठमाडौँको स्वयम्भूको विजेश्वरीबाट प्रहरीले गोली प्रहार गरी एक जनालाई समात्यो । ती थिए रामेछापका एक गाउँपालिका अध्यक्षलाई छोरी मार्ने धम्की दिँदै २ करोड माग्ने लोप्साङ लामा भनिने मिलन तामाङ । 

प्रहरीले नियन्त्रणमा लिएको मिलनको तामाङको दुवै घुँडामुनि गोली लागेको छ । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

null

पक्राउ परेका तामाङले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रकम माग गरेको र नदिए छोरी मार्ने धम्की दिएको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार विजेश्वरीमा बस्दै आएका मिलनले एक महिनादेखि गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई फोनबाट उनकी ८ वर्षीय छोरी अपहरण गरी मार्ने धम्की दिँदै २ करोड माग्दै आएका थिए । 

वीरगञ्ज र नेपालगञ्जतिर २ करोड लिएर आउनु भन्दै बारम्बार धम्क्याउने गरेको अध्यक्ष खड्का भन्छन् । ‘गोली खर्च गर्नु नपरोस् भन्दै एक महिनादेखि धम्की दिँदै आएको थियो । रकम नदिए तँलाई, छोराछोरीलाई मार्छु भनेपछि बाध्य भएर प्रहरीमा उजुरी दिएको हुँ’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *