राप्ती कोरोना संक्रमित : आफन्तको र्‍यापिट टेष्ट, सबै नेगेटिभ

वैशाख ६, चितवन ।  चितवनको राप्ती नगरपालिका ८ का दुई जनामा कोरोना सक्रमण देखिएपछि उनीहरुको सम्र्पकमा रहेकाहरुको तथ्यांक लिन सुरु गरिएको छ । उनीहरु काठमाडौँदेखि घरसम्म आउँदा प्रयोग गरिएको साधनदेखि, उनीहरुले हात मिलाएका, उनीहरुले दिएको चकलेट खाएका, संगै बसेर खाजा खाएका लगायत सबैको तथ्यांक लिने काम सुरु भएको हो । 

राप्ती नगरपालिकामा शनिवार बसेको वैठकले वडा सदस्य एवंम् न्यायिक समिति सदस्य पूर्ण आचार्यको संयोजकत्वमा तथ्यांक संकलन समिति बनाएको थियो । प्रारम्भमा आफन्त, छरछिमेकमा ति सबैको कुराको खोजी गरी तथ्यांक उतार्न खटिएको समिति संयोजक आचार्यले बताए । तथ्यांक खोज्ने क्रममा उनीहरु आएको साधनका बारे कुरा वाझिएको छ । 

काठमाडौदेखि सिमलटाँडी सम्म माईक्रोमा आएपनि त्यहाँबाट घर सम्म कुन साधनमा गएको भन्ने बारे खुलेको छैन् । भरतपुर अस्पतालमा रहेका सक्रमितसँगको भेटपछि मात्रै त्यो खुल्ने संयोजक आचार्यले बताए । शनिबारनै   

संक्रमितका आफन्तहरुको र्‍यापिट टेष्ट पनि गरिएको छ । छोरी ज्वाई लगायत ८ जनाको परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालले बताए । शनिवार आफन्तको परीक्षण गरिएकोमा आईतवारदेखी दायरा वढाएर अन्यको पनि परीक्षण गरिने उनले बताए ।   

केही दिन अघि राप्ती नगरपालिकाले गरेको र्यापिट टेष्टका क्रममा दुई जनामा रिक्याक्टिभ देखिएपछि भरतपुर कोरोना प्रयोगशाला पठाईएको थियो । त्यहाँ रिपोर्ट शंकास्पद आएपछि काठमाठौ पठाईयो । काठमाडौँमा पनि रिपोर्ट पोजेटिभ देखिएको हो । सक्रमित ति आमा छोराहरु अहिले भरतपुर अस्पतालको आईसोलेसनमा रहेका छन् ।   

संक्रमितहरुको सम्पर्कमा रहेकाहरुलाई क्वारेनटाईमा राख्नु पर्ने भएकाले व्रह्मनगर माध्यमिक विद्यालयमा क्वारेटाईन वनाईएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले वताईन् । प्रमुख बरालका अनुसार सो वडा छिर्ने नाकाहरुमा कडाई गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *