कांग्रेस प्रवक्ताको गोली हानी हत्या
मकालु खबर
२०७६ असार १३ गते
असार १२, नयाँ दिल्ली । भारतमा कांग्रेस प्रवक्ताको गोली हानी हत्या गरिएको छ ।
भारतको हरियाणाको फरीदाबादमा भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीको गोली हानी हत्या भएको हो ।
null
प्रहरीका अनुसार दुई जना व्यक्तिले चौधरीमाथि गोली हानेका थिए । गोली लागी गम्भीर घाइते भएका उनलाई अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा १२ वटा गोलीका खोल भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मकालु खबर
२०७६ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित