अशोक मुकारुङको ‘चैते दशैँ’लाई (भिडियोसहित)

काठमाडौँ । ‘झुल्केको घामझैँ’ बोलको आधुनिक गीतबाट सर्वाधिक लोकप्रियता हासिल गरेका गायक अशोक मुकारुङको ‘यो माया कसैलाई नाना हौ चैते दशैँलाई’ बोलको लोकगीतले अहिले साङ्गीतिक बजार तताइरहेको छ । 

केही दिनअघि मात्रै सार्वजनिक भएको उक्त गीतको म्युजिक भिडियो सक्राइब गर्नेको सङ्ख्या दिन दुगुना रात चौगुनाको दरले बढिरहेको छ । 

किरात लोक संस्कृतिविज्ञ तथा गीतकार दिलेन्द्र मुकारुङ राईको शब्द र गायक/गीतकार दुवैको सङ्गीत सङ्कलन रहेको गीतको भिडियोको निर्देशन जीवन मुकारुङ र राजेश पुमाले गरेका छन् । 

null

भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन, राजु कार्कीको सङ्गीत एरेन्जर र गोविन्द राईको कोरियोग्राफी रहेको छ । सुरवीर पण्डित, निराजन प्रधान, रोजिना राई र लीला चाम्लिङको मुख्य अभिनय रहेको भिडियोमा पूर्वेली लोक संस्कृतिको स्वाद पाइन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *