पाकिस्तानले समात्यो भारतीय जासुस

 

साउन १६, काठमाडौं । पाकिस्तान प्रहरीले पञ्जाब प्रान्तबाट एक जना भारतीय जासुसलाई पक्राउ गरेको दाबी गरेको छ । 

पञ्जाब प्रान्तको डेरा गाजी खान (डीजी खान) शहरबाट राजु लक्ष्मण नामका जासुसलाई बुधबार पक्राउ गरेको दाबी गरिएको हो । 

null

पाकिस्तानी मिडिया रिपोट्र्सका अनुसार लाहौरबाट ४०० किमिको दूरीमा रहेको डीजी खानको राखी गजबाट कथित जासुस राजु लक्ष्मणलाई पक्राउ गरिएको थियो । प्रहरीका अनुसार लक्ष्मण बलूचिस्तान प्रान्तबाट डीजी खान आउँदै थिए । त्यसैक्रममा उनी पक्राउ परेका थिए । थप अनुसन्धानको लागि उनलाई गोप्य स्थानमा लगिएको प्रहरीले जनाएको छ । 

यसअघि पनि सन् २०१६ को मार्च महिनाको ३ गते पाकिस्तानी प्रहरीले जासुसीको आरोपमा बलूचिस्तानबाट कुलभुषण जाधवलाई पक्राउ गरेको थियो । इरानबाट पाकिस्तान आएका उनी नौसेना अधिकारी जाधव व्यवसायी नभई जासुस भएको दाबी थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *