लागुऔषधसहित भारतीय नागरिक पक्राउ

भदौ ३०, सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका  १४ बाट आइतबार प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरी चौकी तिलाठीबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को१६प ९१७४ नम्बरको मोटरसाइकलमा सवार चालक भारत विहार सुपौल कुनौली पञ्चायत ५ का ४७ वर्षीय दयाशङ्कर साहलाई पक्राउ गरेको जनाएको छ ।   

निजको साथबाट ३०/३० एम्पुल बुप्रेनोरफिन, फेनारगन र डाइजेपाम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *