सर्लाहीमा दुर्घटनामा परी दुईको मृत्यु

साउन ७, सर्लाही ।  छुट्टाछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । 

लालबन्दी नगरपालिका–२ सिटोल पुर्नवास निवासी सञ्जय पासवानका १० वर्षीय छोरा आशिष पासवानको डुबेर मृत्यु भएको छ । मृतकको घरभन्दा ५०० मिटर दक्षिणपूर्व रहेको सूर्य इँटाभट्टाका लागि खनिएको खाडलमा जमेको पानीमा डुबेको अवस्थामा गए राति ९ बजे बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खाल्डोबाट बालकलाई तत्काल उद्धार गरी उपचारका लागि लालबन्दीस्थित टेक्सास अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच ईश्वरपुर नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । 

null

नरेशखोरबाट बयलवास बजारतर्फ आउँदै गरेको ना२३प नंको मोटरसाइकलले बाटो छेउमा बसिरहेका दुई महिलालाई सोमबार ठक्कर दिएको थियो । ठक्करबाट ईश्वरपुर नगरपालिका–५ नरेशखोरकी ४५ वर्षीया कवुतरदेवी महतोको मृत्यु भएको छ । 

मोटरसाइकल दुर्घटनामा घाइते भएकी अर्की ३८ वर्षीया शान्तिदेवी महतोको उपचार भइरहेको छ । गम्भीर घाइते दुवैलाई उपचारका लागि धनुषास्थित लालगढ अस्पताल पठाइएको थियो । 

घाइतेमध्ये कवुतरदेवीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *