तेस्रो चरणको निर्वाचन: १ सय ३४ तहको नतिजा सार्वजनिक,अब २ स्थानको मात्रै बाँकी

काठमाडौं, भदौ ११ । प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव अन्तर्गत १ सय ३६ मध्ये १ सय ३४ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । दुई नम्बर प्रदेशको स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पहिलो बनेको छ ।  १ सय ३४ तहको नजिता आएकोमा, नेपाली कांग्रेस ४० संघीय फोरम २५, राजपा २४, माओवादी केन्द्र २१, एमाले १८ फोरम लोकतान्त्रिक ३ र ३ तहमा अन्य दल विजयी भएका छन् । पछिल्ले पटक बाराको कलैया उपमहानगरपालिकमा नेपाली कांग्रेस विजयी भएको छ । एमाले अगाडी रहेको कलैयामा अन्तिम समयमा कांग्रेस अगाडी बढेर जित हाँसिल गरेको हो ।

अन्तिम समयमा विवाद भएप्छि एमालेले मतगणना नै बहिष्कार गरेको थियो । नतिजा आउन बाँकी पर्साको वीरगंज महानगरपालिका,सप्तरीको राजविराज नगरपालिकाको मतगणना अन्तिम चरणतिर पुगेको निर्वाचन आयोगले जनाएको छ । वीरगञ्ज महानगरमा संघिय समाजवादी फोरमको अग्रता रहेको छ । राजविराज नगरपालिकाको मेयरमा माओवादी केन्द्र अगाडी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *