कानुनमन्त्रीको निर्वाचन क्षेत्रमै न्यायको अभाव

 

बैशाख १६, काठमाडौं । संघिय सरकारका कानुनमन्त्री भानुभक्त ढकालको निर्वाचन क्षेत्रमै यतिबेला श्रृङ्खलाबद्ध हत्याप्रकरणका घटना बढेपछी स्थानिय त्रसित बनेका छन् । 

केही महिनाको अवधिमै इलाका प्रहरी कार्यालयको क्षेत्रमै आधा दर्जन शंकास्पद शव भेटिदा पनि प्रहरीले कुनै अपराधी पक्रन सकेको छैन । 

null

यस क्षेत्रका बासिन्दाले गत प्रतिनिधी सभामा जिताएर पठाएका उम्मेद्वार भानुभक्त ढकाल अहिले कानुनमन्त्री समेत रहेका छन् । यसरी आफ्नै निर्वाचन क्षेत्रमा श्रृङखलाबद्ध घटना हुँदा समेत कानुनमन्त्रीले कुनै सम्बोधन गरेका छैनन् । पछिल्लो पटक भएको रिना हत्याकाण्डले यतिबेला राष्ट्रिय चर्चा समेत पाएको छ । 

घटनाको निश्पक्ष छानविनको माग गर्दै आन्दोलित बनेका संघर्ष समिति पनि हिजोबाट विघटन भएको छ । समिति बनाउँदा सबैले सहमति जनाए पनि व्यापार संघले सो आन्दोलन कांग्रेसले गरेको भन्ने हुँई फैलाएर न्यायको लागि लड्दा सहयोग गर्नुको सट्टा कमजोर बनाउन तर्फ लागेको संघर्ष समितिले जानकारी दिएको छ । 

केही दिन अघिसम्म न्यायको लागि लड्ने बताउँदै आएको रिनाको परिवारले अचानक आन्दोलनमा सहभागिता नजनाउने बताएपछि संघर्ष समितिले आफू पनि बाध्य भएर पछि हट्नुपरेको बताएको थियो । 

 

                                                    जल्दै गरेको रिनाको शव 

स्थानिय प्रशासन र उद्योग वाणिज्य संघनै रिनाको हत्या नभएर मृत्यु भएको प्रमाणित गर्न लागेको भन्दै पथरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र बस्नेतले यो घटना हत्याको सट्टा मृत्यु नै भएको भनेर ठहरीए उद्योगीको लागि सहयोग नगर्ने यस्तो संस्थामा रहनुको औचित्य नरहेको स्पष्ट पार्दै राजिनामा दिने समेत बताए । 

गत शनिबार २९ वर्षीय रिना बस्नेत आफ्नै कोठा अगाडी निर्वस्त्र अवस्थामा सडकमा मृत फेला परेकी थिइन् । मृतक रीना १४ वर्षीय छोरासँगै डेरामा बस्दै आएकी थिइन् । उनका श्रीमान् विदेशमा थिए । घटनापछि उनका श्रीमान् पनि फर्किसकेका छन् । श्रीमानकै सहमतिमा आइतबार कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिनाको अन्तिम संस्कार गरिएको छ ।  

अहिलेसम्म प्रहरीले एक दर्जन बढी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै छाेडेकाे भएपनि दाेषीसम्म पुग्न सकेकाे छैन । तर रिनासँग चिनजान र घुमफिर भएपनि हत्या नगरेको बयान दिएका मृतकका प्रेमी भनिएका सुन्दर हरैचाका कमल नेपाललाई भने प्रहरीले नियन्त्रणमै राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *