जय भोले’को ब्यापर पनि जय भोले जस्तै

 कात्तिक, ११ धरान । बाह् बर्षपछि नेपाली चलचित्रको दुनियामा फर्केका बहुचर्चित निर्माता तथा निर्दैशक अशोक शर्माले चलचित्र दुनियामा नयाँ प्रबिधि भित्र्याउन  आफुले लामो समय चलचित्र बनाउन बाट पर रहेको बताएका छन् । 

दशैको फूलपातीबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जय भोले’ हेर्नै दर्शकहरुलाई धनयवाद दिन पुर्वी नेपालको हलहरु पुग्ने क्रममा शर्माले यस्तो बताएका हुन । चलचित्र जय भोलेले पहिलो सातामा तीन करोड दुई लाख रुपैयाँ कमाएको छ भने शनिवार सम्ममा ५ करोड पुग्ने चलचित्रका निर्दैशक अशोक शर्माले जनाएका छन्।  

 

null

सुनसरीको धरान ८ स्थित गोर्खा सिने प्लेक्समा शनिवार पत्रकार भेटघाटमा चलचित्र निर्माण युनिटले पहिलो सातामा तीन करोडभन्दा माथि कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।चलचित्रका निर्देशक अशोक शर्माले व्यापारमा पारदर्शिता हुनुपर्ने भन्दै बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको बताए। देशभरका एक सय १५ स्क्रिनमा जय भोले प्रदर्शन भइरहेको छ भने फिल्मले पहिलो दिनमा राम्रो कलेक्सन गर्न नसकेको निर्देशक शर्माले बताएका थिए । 

शर्माले ‘पहिलो दिनमा जय भोलेको भन्दा छक्का पञ्जा ३ हेर्न आउनेको चाप बढी थियो’भने चलचित्रले आफनो लगानी मज्जाले नै उठाइसकेको र अब नाफा कमाउन थालेको जानकारी दिए।दर्शकहरुसँगै बसेर चलचित्र हेर्दा सोचेको भन्दा फरक प्रतिक्रिया आएको बताउदै शर्माले भने, ‘फिल्म राम्रो बनेकाले दर्शकले मन पराएका छन् ।’ 

नया प्रबिधिसंगै चलचित्रको कथावस्तुसँगै मनोरञ्जनको पाटो मिसाइएकाले दर्शकले मन पराएको उनले बताए। शर्माले नयाँ नयाँ प्रबिधिको बिकास नेपाली चलचित्रमा समेत गरिएन भने बिदेशी चलचित्रहरुसंग प्रतिष्पर्धा गर्न सकिन्न । त्यस्तै दर्शकको अपेक्षा अनुसार चलचित्र  पुर्याउन नसक्नु चलचित्रले ब्यापार गर्न नसक्नु रहेको उनले बताए । साथै उनले नेपाली चलचित्र उद्योगमा नयाँनयाँ प्रबिधि भित्रिएकाले अबको ५ बर्षमा नेपाली चलचिले ५० करोडको ब्यापार गर्नै पनि दावी गरे । 

एक करोड ३५ लाखको लगानीमा बनेको चलचित्र जय भोलेको प्रमोसन बिद्यलाय तथा कलेज केन्द्रीत भएको समेत बताए । त्यस्तै चलचित्रको बिषयमा दर्शकहरु माझ नै बसेर प्रतिकृया बुझन पुर्वबाट यात्रा सुरु गरेको जय भोले टीमले बिराटनगर,दमक,बिर्तामोड,ईटहरी हुदै शनिबार धरान आईपुगेको हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *