सरकारले गर्यो १६ सचिबको सरुवा (सुचि सहित)
भाद्र ४, काठमाडौं । सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको हो । हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।
प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए ।
तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि प्रदेश मुख्य सचिवसम्मका सचिवहरुको सरुवा गरिएको छ । यो सरुवा मन्त्रीहरुले आफुअनुकुल काम हुन नसकेपछि गरेको बुझिएको छ ।
क्र.सं. | नाम थर | सरुवा भएको स्थान | साविकको स्थान |
---|---|---|---|
१. | सूर्य गौतम | भूमिसुधार मन्त्रालय | महालेखा नियन्त्रकको कार्यालय |
२. | गोपीनाथ मैनाली | महालेखा नियन्त्रकको कार्यालय | भूमिसुधार मन्त्रालय |
३. | केदारबहादुर अधिकारी | पर्यटन मन्त्रालय | वाणिज्य तथा आपूर्ति मन्त्रालय |
४. | मोहनकृष्ण सापकोटा | सार्वजनिक खरिद अनुगमन कार्यालय | पर्यटन मन्त्रालय |
५. | वेगेन्द्रराज शर्मा पौडेल | वित्त आयोग | सार्वजनिक खरिद अनुगमन कार्यालय |
६. | वैकुण्ठ अर्याल | वाणिज्य तथा आपूर्ति मन्त्रालय | वित्त आयोग |
७. | माधव बेल्बासे | खानेपानी मन्त्रालय | राष्ट्रिय सतर्कता केन्द्र |
८. | रामप्रसाद थपलिया | युवा तथा खेलकुद मन्त्रालय | स्वास्थ्य मन्त्रालय |
९. | सञ्जय शर्मा | विज्ञान तथा प्रविधि मन्त्रालय | ऊर्जा मन्त्रालय |
१०. | खगराज बराल | स्वास्थ्य मन्त्रालय | शिक्षा मन्त्रालय |
११. | महेश दाहाल | शिक्षा मन्त्रालय | श्रम मन्त्रालय |
१२. | विनोद केसी | श्रम मन्त्रालय | राष्ट्रपति कार्यालय |
१३. | डा. हरि पौडेल | राष्ट्रपति कार्यालय | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय |
१४. | महेन्द्रप्रसाद गुरागाईं | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय | लोक सेवा आयोग |
१५. | आनन्द ढकाल | लोक सेवा आयोग | प्रदेश ३ को मुख्य सचिव |
१६. | तीर्थ ढकाल | प्रधानमन्त्री कार्यालय | प्रदेश ५ को मुख्य सचिव |
मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् । राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन् ।
यस्तो छ सरुवा सूची