दाइजो माग्ने ज्वाईँलाई रुखमा बाँधेर रामधुलाई
मकालु खबर
२०७६ असार १९ गते
असार १८, भारत । भारतमा दाईजो माग्न आएका एक ज्वाईँलाई ससुराली पक्ष र गाउँले मिलेर रुखमा बाँधेर कुटपिट गरेका छन् ।
भारतको बिहारस्थ्ति मुजफ्फरपुर सुमेरा गाउँमा दाइजो मागेर सताएको भन्दै ससुराली पक्ष र गाउँले मिलेर रुखमा बाँधी सुमेराका अवधेश कुमारलाई कुटपिट गरिएको हो ।
null
सुसुरालीपक्षले दाइजोको कारण सधैँ छोरीलाई कुटपिट गरि चरम यातना दिएको ज्वाईँ अवधेश कुमारमाथी आरोप लगाएका छन् ।
यो भन्दा अगाडी पनी यसकुरामा थुप्रै पटक गाउँ पञ्चायतमा कुरा उठे पनि ज्वाईँको बानी नसुध्रेको कारण गाउँलेको सहयोगमा ज्वाईलाई कुटपिट गरेको ससूराको भनाई छ ।
यस घटनाबारे प्रहरीले दुवैपक्षको बयान लिएर कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित