साउदी राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ

फागुन २४, काठमाडौं । साउदी राज परिवारका तीन वरिष्ठ सदस्य पक्राउ परेका छन् । के कारणले उनीहरूलाई पक्राउ गरियो भन्ने बारेमा केही खुलासा भएको छैन । 

पक्राउ पर्नेहरूमा त्यहाँका राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेका छन् । पक्राउ परेका मध्ये दुईजना राजाको निकै नजिक रहेका व्यक्ति हुन् ।   

राजपरिवारका उच्च सदस्यहरुलाई शुक्रबार बिहान पक्राउ गरिएको न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलले उल्लेख गरेका छन् । साउदी अरेवियाले भने यी समाचारहरूको कुनै खण्डन या पुष्टि गरेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *