नुवाकोटको वडा कार्यालयमा बम विस्फोट, विप्लव समूहले गराएको आशंका

 

  

साउन १५, काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा बम विस्फोट भएको छ । 

null

गएराति अज्ञात समूहले बम विस्फोट तथा आगजनी गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका कम्प्युटर लगायतका महत्वपूर्ण उपकरण तथा कागजपत्र जलेको गाउँपालिका उपाध्यक्ष सीता खतिवडाले जानकारी दिइन् । 

बम विस्फोट विप्लव समूहले गराएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी यसबारे विप्लव समूहले कुनै जानकारी गराएको छैन । घटनाको जिम्मा कसैले लिएको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *