खेलकूदको पूर्वाधार विकास गर्न स्थानीय सरकारसँग सहकार्य गरिनेः मन्त्री विश्वकर्मा

पुस १, काठमाडौं । खेल क्षेत्रको माध्यमबाट नेपाललाई अन्तराष्ट्रिय पहिचान स्थापित गराउन नेपाल सरकारले विशेष कार्य योजना बनाइरहेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् । 

शनिबार प्रथम शंकरापुर नगरपालिका मेयरकप फुटवल प्रतियोगिता समापनको अवसरमा बोल्दै मन्त्री विश्वकर्माले देशको नाम र पहिचान अन्तराष्ट्रिय रुपमा स्थापित गराउन खेलकूद क्षेत्र महत्वपूर्ण भएकोले खेल क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

 

null

कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले मन्त्रालयले स्थानीय तहबाटै खेलकूदको विकास गर्न र खेलाडी उत्पादन गर्न विशेष कार्ययोजना बनाएको बताए । ‘खेल क्षेत्रको विकासका लागि देशका ७५३ स्थानीय तहमा स्थानीय सरकारसँगको सहकार्यमा खेलकुदका पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्ने कार्र्य भइरहेको छ । यसले नेपालको खेलकूद क्षेत्रको विकासमा ठूलो टेवा दिन्छ ।’ उनले भने । 

 

कार्यक्रममा बोल्दै शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले खेलकूदको माध्यमबाट युवाहरुलाई एकत्रित गर्दै देश विकासमा अग्रसर गराउन नगरपालिकाले विभिन्न खेदकूदका योजनाहरु बनाइरहेको बताए । उनले नगरपालिकाका ९ ओटै वडाहरुमा खेलकूदका गतिविधि सञ्चालन गर्न र नगरभित्र सबै पूर्वाधार युक्त खेलकूद मैदान निर्माण गर्न नगरपालिका तयार रहेको भन्दै भौतिक पूर्वाधार निर्माणमा केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताए । ‘हामीसँग खेल मैदान निर्माण गर्न प्रसस्त जग्गा छ भउपनि पूर्वाधार नहुँदा खेलाडीहरुलाई समस्या छ । केन्द्र सरकारलाई भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गर्न अनुरोध गर्दछु ।’ मन्त्री विश्वकर्मालाई इङ्गित गर्दै मेयर श्रेष्ठले भने । 

 

मेयरको भाषण सुनिसकेपछि कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्माले पूर्वाधार निर्माणका लागि आवश्यक योजना बनाएर मन्त्रालयमा पेश गर्न भने । 

गत मंसिर १४ गतेबाट जारी वडास्तरीय प्रथम शंकरापुर मेयरकप फुटवल प्रतियोगिताको उपाधी वडा नं. ९ ले हासिल गरेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नं. २ लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नं. ९ ले उपाधि हासिल गर्यो । 

 

प्रतियोगितामा विजयी टीम वडा नं. ९ का लागि गणेश नगरकोटीले २ गोल तथा अनिष थापाले १ गोल गरेका थिए । गणेशले खेलको १२ र ३६ मिनेटमा गोल गरेका थिए भने, खेलको अतिरिक्त समयमा अनिषले १ गोल गरे । यता प्रजियोगिताको उपविजेता भएको वडा नं. २ का तर्फबाट एक मात्र सान्त्वना गोल सुमन लामाले गरेका थिए । 

 

प्रतियोगितामा ९ ओटै वडामा ९ टीमको सहभागिता रहेको थियो । जसमा वडा नं. १ ले तेस्रो स्थान हासिल गरेको थियो । खेलमा प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने टीमलाई क्रमसः नगद रु १ लाख, ५० हजार र २५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री विश्वकर्मा, नगरपालिकाका मेयर श्रेष्ठ लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *