इपीएलः विराटनगरलाई हराउँदै काठमाडौँ क्वालिफायर्समा, पारसको टोली लिग चरणबाटै आउट

 

पुस २, काठमाडौँ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो चरणबाटै बाहिरिएको छ । 

लिगको अन्तिम चरणको खेलमा किंग्स इलाभेनसँग पाँच विकेटको पराजय व्यहोर्दै पारस खड्काको टोली पहिलो चरणबाटै बाहिरिएको हो । 

null

जित्नैपर्ने दबाबसहित काठमाडौँ किङ्स इलेभेनविरुद्ध उत्रिएको विराटनगरले १३ बल बाँकी रहँदा एक सय रनमा सिमित रह्यो । 

विराटनगरले दिएको १०१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १७ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । 

काठमाडौंका लागि केबिन ओबरायनले अविजित ४५ रन जोड्दा प्रदीप साहु २१ रनमा अविजित रहे भने अमित श्रेष्ठले १४ रन जोडे । 

विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २–२ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पारस खड्काको विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोड्दा हरि बहादुर चौहानले २२ रन बनाए भने कप्तान पारस खड्काले २१ रन जोडे । 

विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए । यस्तै बिक्रम भुषाल, रोहन मुस्तफा र प्रदीप साहुले २–२ विकेट लिए । 

जितसँगै ५ खेलबाट ८ अंक जोडेको काठमाडौं लिगमा दोस्रो स्थान बनाउँदै क्वालिफायरमा पुगेको छ । 

काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । ललितपुर ८ अंक जोडेर शीर्ष स्थानमा प्रवेश गर्दै क्वालिफायरमा पुगेको छ । ललितपुर र काठमाडौंबीचको खेल मंगलबार हुनेछ । 

नियमानुसार शीर्ष चार टोली प्ले अफमा पुग्छन् जसमध्ये शीर्ष दुई टोलीबीच क्वालिफायर्स तथा तेस्रो र चौँथो टोलीबीच एलिमिनेटर हुनेछ । 

यस्तै लिगको तेस्रो र चौथो टोलीले भने क्वालिफायर(२ का लागि इलिमिनेटर खेल्नेछ । इलिमिनेटरमा जित निकाल्ने टोलीले क्वालिफायर (२ मा पहिलो क्वालिफायरमा पराजित हुने टोलीसंग खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *