गुठी संस्थान नै खारेज गर्नुपर्छः सांसद प्रेम सुवाल

 

असार १२, काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले फिर्ता लिएको गुठी विधेयकको विरोध गर्दै गुठी संस्थान नै खारेज गनुपर्ने माग गरिएको छ । 

बिहीबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधि सभाका सांसदले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन् । 

null

सांसद प्रेम सुवालले सम्पदा र संस्कृतिहरुको संरक्षण गर्ने अधिकार गुठीलाई दिने व्यवस्था खारेज गरेर सम्बन्धित स्थानीय तहलाई नै दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले नेपाल ट्रष्ट पनि तत्काल खारेज गर्न पनि माग गरे । 

नेपाल ट्रष्टले गर्ने काम पनि स्थानीय तहले गर्ने भएकाले त्यसमा संघीय सरकारले हस्तक्षेप गरिरहन नपर्ने उनको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *