ऋणमा डुबेकाे वायुसेवालाई प्रधानमन्त्रीकाे जवाफः सरकारले एक पैसा पनि दिँदैन

 

असार १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमलाई एक पैसा पनि नदिने बताएका छन् । 

निगमको वार्षिक उत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अर्बौँ ऋणमा डुबेको वायुसेवा निगमलाई एक पैसा पनि नदिने बताएका हुन् । 

null

‘वायुसेवा निगमले सरकासँग पैसा माग्दै आएको छ । तर सरकारले एक पैसा पनि दिँदैन । अब निगमले नै पैसा कमाउने ठोस योजना ल्याउनुपर्छ’, कार्यक्रममा उनले भने, साग बेच्नेले त कर तिर्न सक्छ भने वायुसेवा निगमले किन सक्दैन ?’ 

अहिले सरकारले पैसा दिएमा पछिसम्म नै दिइरहनुपर्ने स्पष्ट पार्दै प्रम ओलीले यसको व्यवस्थापन, सञ्चालन उपयुक्त ढंगले हुनुपर्ने धारणा राखे । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम झण्डै ३७ अर्ब घाटामा छ । 

लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन । 

यस्तै प्रम ओलीले निगमको कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद कोइरालाले राखेको चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्तावको पनि खण्डन गरे । 

प्रधानमन्त्रीले काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? भन्दै प्रश्न गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *