त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गौतम बुद्धको १ टनको प्रतिमा

पुस १९, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटीक विमानस्थलको रुपमा रुपान्तरण गर्ने क्रममा विमानस्थल परिसरमा भगवान गौतम बुद्धको प्रतिमा स्थापना गरीएको छ ।   

विमानस्थलको आगमन क्षेत्रमा एक टनको बुद्धको प्रतिमा राखिएको छ । उक्त प्रतिमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उद्घाटन गरेका छन् ।   

मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन र भिजिट नेपाल २०२० लाई सफल बनाउन प्रतिमा राखिएको बताए । उनले गौतम बुद्ध र लुम्बिनीको महत्व नेपाल घुम्न आउने पर्यटकलाई बुझाउन उक्त प्रतिमाले सहयोग पुग्ने अपेक्षा गरे ।   

‘गौतम बुद्ध र लुम्विनीको नेपालको पर्यटनमा ठूलो महत्व रहेको छ । नेपाल घुम्न आएका पर्यटकलाई आकर्षित गर्नपनि बुद्धको प्रतिमा राखिएको हो ।’ उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *