‘सिरिन्ज आक्रमण’ काे आरोपमा पक्राउ परेका पाठक थुनामुक्त

 

असार २४, काठमाडौं । ‘सिरिन्ज आक्रमण’ गरेको आरोपमा पक्राउ परेका स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक थुनामुक्त भएका छन् । 

हिजो (सोमबार) दिउँसो धुलिखेल जाने बसमा ‘सिरिन्ज आक्रमण’ गरेको आरोप लगाउँदै स्थानीयले पाठकलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । 

null

अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि थुनामुक्त गरिएको प्रहरीले जनाएको छ । दुवै पक्षबीच सहमति पश्चात् उनी थुनामुक्त भएका हुन् । 

प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

धुलिखेल जाने बस चढेकी १९ वर्षीया किशोरीले एक्कासी दुखेजस्तो भएपछि आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै उनी भन्दा पछाडि रहेका पाठकलाई शंका गरेकी थिइन् । पाठकले होइन भन्दै त्यसको प्रतिवाद गरेका थिए तर उनी बसबाट झर्ने बेलामा त्यहाँको भीडले उनमाथि कुटपिट गरी प्रहरीलाई बुझाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *