‘विप्लवलाई तिरस्कार गरे फसादमा परिन्छ’

 

फागुन २६, काठमाडौँ । राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले विप्लवसँग तुरुन्त वार्ता गर्न सरकारलाई सुझाव दिएका छन् । 

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा विडारीले तिरस्कार गरे फसादमा परिने भन्दै विप्लवलाई खोजेर सँगै वार्ता गर्न सरकारलाई सुझाव दिएका हुन् । 

null

‘विप्लवलाई तिरस्कार नगर । उनीहरुसँग वार्ता गर । तिरस्कार गरियो भने फेरि फसादमा परिन्छ’, सांसद विडारीले भने । 

सांसद विडारीले सिके रावतसँग भएको सम्झौतालाई गलत तरिकाले व्याख्या गरेर भ्रम नफैलाउन पनि आग्रह गरे । उनले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले रचनात्मक भूमिका निभाउनु पर्नेमा सरकारलाई भाँजो हाल्ने काम मात्रै गरेको आरोप लगाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *