इंग्लिस प्रिमियर लिगमा सिटी विजयी, लिभरपुलसँग ५ अंकको दूरी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । लिग लिडर सिटीले बर्नमाउथमाथि ३–१ गोल अन्तरको जित निकाल्दै दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको दूरी बढाएको छ ।  

शनिबार राति भएको खेलमा सिटीका लागि १६औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । लिरोइ सानेको बलमा सिल्भाले गोल गरेका थिए । तर ४४ औं मिनेटमा बर्नमाउथले बराबरी गरेको थियो ।  

उसका लागि विल्सनले गोेल गर्दै पहिलो हाफमै बराबरी गरेका थिए । दोस्रो हाफमा सिटीले अरु २ गोल थप्न सफल भयो । ५७औं मिनेटमा रहिम स्र्टलिङले टिमकालागि दोस्रो गोल गर्दा गुडसोगनले ७९औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरे । 

null

जितसँगै सिटीको १४ खेलमा १२ जित र २ बराबरसँगै ३८ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलले १३ खेल खेल्दै ३३ अंक जोडेको छ । 

प्रिमियर लिग अन्तर्गत शनिबार रातिको खेलमा क्रिष्टल प्यालेसले बर्नले माथि २–० को जित निकालेको छ । 

क्रिष्टल प्यालेसको जितमा जेम्स मार्कथर र एन्ड्रोस टाउनसेन्डले एक एक गोल गरे । यसैगरी लेस्टर सिटीले वार्टफोर्डमाथि २–० को जित निकाल्दा वेस्टह्यामले न्यूक्यासलमाथि ३–०को जित निकाल्न सफल भयो । अर्को खेलमा ब्राइटनले हडल्सफिल्डमाथि २–१ को जित दर्ता गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *