नारायणहिटीमा श्रीपेच नियाल्दै प्रधानमन्त्रीले भने,– ‘राजतन्त्रको अन्त्यले शहीदको सम्मान भयो’

असोज २९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच लगाएको व्यक्ति शक्तिशाली हुन्छ भन्ने भ्रम तोडिएको बताएका छन् । 

नारायणहिटी दरवार संग्रहालयमा राजतन्त्रकालीन महत्वपूर्ण सामग्रीहरुको अवलोकनका लागि गएका प्रधानमन्त्री ओलीले त्यहाँ आयोजित उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । 

‘श्रीपेच लगाएको व्यक्ति शक्तिशाली हुन्छ भन्ने जुन भ्रम थियो, त्यो तोडिएको छ’ ओलीले भने, ‘त्यो श्रीपेच अब संग्रहालयमा कैद भएको छ।’ 

null

कार्यक्रममा प्रधानमन्त्रीले अहंकारको मारमा पर्ने प्रणालीको अन्त्यका लागि ४८ वर्ष अघि आफैँले अगुवाई गरेको स्मरण गर्दै राजतन्त्रको अन्त्यले शहीदको सम्मान भएको बताए। 

राजतन्त्रले राष्ट्रियताको सवालमा योगदान पुर्‍याएकोप्रति उनले प्रशंसा गरे । साथै प्रम ओलीले चीनका अन्तिम बादशाहको उदाहरण दिँदै नेपालका पूर्व तथा अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पनि त्यस्तै बन्न सुझाव दिए । 

उनले चीनका अन्तिम वादशाहले लेखेका किताबमा लेखिएको कहानी सुनाउँदै भने, ‘बादशाहहरु भित्रबाट खोक्रो हुन्छन्। शक्ति देखाउन विशेष पहिरन लगाउछँन्। राजदण्ड श्रीपेच त्रास ढाक्न लगाएको हो। शक्ति श्रीपेचमा हुन्न। जनतामा हुन्छ।’ 

जनताले ढालेको राजतन्त्रलाई नेपालमा जस्तो सुविस्ताका साथ बस्न विश्वका अन्य कुनै देशमा नदिइएको पनि उनले उल्लेख गरे। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *