देशको बिकासका लागि कानून व्यवसायीहरु गोलबद्ध भएर अगाडी बढ्नु पर्ने

काठमाडौं, ११ साउन । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले देशको बिकासका लागि कानून व्यवसायीहरु गोलबद्ध भएर अगाडी बढ्नु पर्ने बताएका छन् । अखिल नेपाल कानून ब्यवसायी संघको प्रथम राष्ट्रिय सम्मेलन २०७६ उद्घाटन समारोह बोल्दै अध्यक्ष केसीले अल्पसंख्यक व्यत्तिले बहुसंख्यक जनता माथी शोषण गर्ने परिपाटी हावी भएको हुँदा सत्य निस्पक्ष र विवाद रहित न्यायका लागि सबै कानून व्यवसायीहरु गोलबद्ध र एक ढिका भएर देशमा सत्य र न्यायको पक्षमा ओकालत गर्नु पर्ने बताएका हुन् । 

अध्यक्ष केसीले राजनीति पाटीको भागवण्डामा न्यायाधीश र प्रधान न्यायाधीश वनाउने यो मुलुकमा सत्य र निस्पिक्ष न्यायका लागि  न्याय नपाए गोरखा जानुपर्ने अवस्था कहिले सम्म रहने उनले प्रश्न गरे । फरक प्रसंगमा केसीले देशमा कम्युनिस्टको नामा दलली गर्ने कम्युनिस्टले शासन गर्दैमा देश बिकासको गतिमा नलम्कने जिकिर गरे । उनले भने, “मन्त्री प्रधानमन्त्री हुनेको मात्र देशमा समृद्ध भएको छ, ९० प्रतिशत जनताको मात्र गरिबीको रेखामुनी बस्नु परेका अवस्था छ हेर्नुस त बिड्म्वना, कतिको न्याय छ यो देशमा, राजनीतिमा ब्यवस्था र ब्यक्ति बदलियो तर प्रबृत्ति बदलिएन ।” 

अध्यक्ष केसीले देशमा विदेशी शक्ति केन्द्रको इसारमा संघियता नेपालीको हित विपरित आएको र अहिले देशमा दोण्ड चाहानेहरुले संघियताको घाडो बोकाएर देशलाई अस्तिर बनाउने खेल भईरहेको जिकिर गरे । देशका गरिव जनताहरुलाई करको भारी बोकाएर संमृद्धिको झुटो आस्वासन देखाएको धेरै भयो । मेलम्चीको प्रसंग कोटाउदै अध्यक्ष केसीले राजधानीका सचेत ब्यत्तिहरूलाई त केहि नेताहरुले चुनावी नारा बनाउदै, माछा माछा भ्यागुता गर्छन भने कर्णाली र जुम्ला हुम्ला व्यत्तिलार्इ कुन अविगत बनाएका छन् यो सरकारमा बस्नेहरुले अध्यक्ष केसीले भने । 

null

राजनिती पैशा कमाउने ब्यवसाय भएको प्रति चिन्ता व्यक्त गर्दे शासन व्यक्तिको नभई विधीको हुनु पर्नेमा जोड दिए । निर्मला हत्या काण्ड एक वर्ष बितिसक्दा पनि सरकार गम्भीर नरहेको र गृहमन्त्रीले पत्रकार सम्मेलनको बेलामा निर्मलाका विषयमा बोलेको शव्द  हरेक कुरा आपतिक जनक रहेको उनको तर्क छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *