चीनबाट ल्याएको औषधि र स्वास्थ्य सामग्री प्रदेशमा पठाइदै

चैत १७, काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सातवटै प्रदेशमा विवरण गरिदैछ ।   

कोरोनाभाइरसको संक्रमण नेपालमा देखिएयताकै धेरै परिमाणमा चीनबाट ल्याइएको उक्त सामग्री आज प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार ती सामग्री आजदेखि नै प्रदेशलाई वितरण गर्न थालिदैछ ।  

चीनबाट शनिबार ल्याइएका समान १९ प्रकारका छन् । जसमामा मेडिकल उपकरण, कोरोनाभाइरस जाँच गर्ने किट र स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षामा प्रयोग गर्ने पीपीई तथा मास्क लगायतका छन् । मन्त्रालयले ती सामान नेपाली सेनाको सहयोगमा सबै प्रदेशमा पठाइने जनाएको हो ।   

null

चीनबाट पाँच थान कोरोनाभाइरस जाँच गर्ने किटमध्ये हाल चार प्रदेशमा १-१ थान पठाइने छ । मागलाई ध्यानमा राखेर प्रदेश दुई, प्रदेश पाँच (नेपालगञ्ज वा बुटवलमा रहनेगरी) कर्णाली प्रदेश (सुर्खेतमा रहनेगरी), सुदूरपश्चिम प्रदेशमा गरि १-१ थानका दरले चार थान तत्काल पठाइने भएको हो । बाँकी एउटा काठमाडौंमा राख्ने र जहाँ आवश्यक पर्न सक्छ पठाउने मन्त्रालयले जनाएको छ ।   

शनिवार राति आएको विमानमा चीनको सिचुवान प्रान्त सरकार, सिचुवान इन्भेस्टमेन्ट ग्रूप र बेइजिङस्थित नेपाली दूतावासमा प्राप्त सामान थियो । सोही उडानमा चीनको प्रख्यात प्रविधि कम्पनी अलिबाबाको फाउन्डेशन र ज्याकमा फाउन्डेशनले पठाएको सामग्री रहेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *