बजारमा माक्सको कृत्रिम अभाव सृजना गरि कालोबजारी गर्ने ७ पक्राउ

चैत्र २, काठमाडौं । महानगरीय प्रहरी वृत्त स्वयम्भु र महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले ७८ हजार सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालो बजारी गर्न लुकाएर राखिएको अवस्थामा प्रहरीले छापा हान्दा उक्त परिणामको सर्जिकल मास्कसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी स्वयम्भुका प्रमुख प्रहरी नायव उपरीक्षक लाल ध्वज सुवेदीले उनिहरूलाई काठमाडौंको डब्लुबाट पक्राउ गरेको बताए । सुवेदीका अनुसार पक्राउ पर्नेमा महाकाल मञ्जुश्री टेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिश कार्की, उज्ज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् । 

उनीहरूको साथबाट ७८ हजार सर्जिकलम मास्क बरामद गरेको गरेको छ । मञ्जुश्री सप्लायर्सबाट बरामद भएको सर्जिकल मास्क प्रतिगोटा भ्याटसहित करिब ३ रूपैयाँ पर्छ । डीएसपी सुवेदीका अनुसार एक प्याकेटमा ५० सर्जिकल मास्क रहेका छन् । जुन प्याकेटको भ्याटसहितको बजार मूल्य १५० रुपैयाँ पर्न जान्छ ।   

डिएसपी सुवेदीले भने,‘अनिस कार्की र शिव खड्काले उज्वल अधिकारी सँग प्रति गोटा रू २८ मा खरिद गर्ने डिल गर्छन । निज उज्वल कार्की सँग पनि माक्स हुदैन । उज्वल अधिकारीले नृप कार्की र थुमराज उपाध्य सँग माक्स विषयमा कुरा गर्दै २७ रूपयाँ विक्री गर्न सहमति गर्छन ।’ 

उनीहरू सँग पनि माक्स हुदैन र उनिहरूले डिलर महाकाल मञ्जुश्री टेडर्सका सञ्चालक मिन्टु तामाङ र निसान तामाङ सँग रू २६ मा किन्ने सहमति गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ । 

उज्ज्वलले २६ रुपैयाँमा किनेको मास्क २८ देखि ३१ रुपैयाँका दरले अनिश र शिवलाई बेच्ने पूर्वयोजना थियो । गिरोहबीच सहमति भएपछि उनीहरू मास्क लिन मञ्जुश्री सप्लायर्स पुगेका थिए । त्यही क्रममा सबैलाई प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार ३१ रुपैयाँसम्मका किनेको मास्क उनीहरूले ५० रुपैयाँसम्ममा बेच्ने योजना बनाएका थिए । महानगरीय प्रहरी वृत्तका स्वयम्भूका डीएसपी लालध्वज सुवेदीका अनुसार कोरोना भाइरस संक्रमणको त्रास फैलिएका बेला कालोबजारी गर्ने गिरोह सक्रिय भएका हुन् । 

पक्राउ परेका विरूद्ध कालोवजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरि सो मालको मुल्य वृद्धि गराएर अनुचित नाफा लिई वजारमा विक्री गर्ने नियतले  डिलर वा एजेण्डलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *