पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परिन् युवती

फाेटाे फाइल 

फागुन ३०, काठमाडौँ । शुक्रबार बिहान जनकपुरमा एक युवती पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी छिन् ।   

प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ स्थित गोरधोई पोखरीमा उक्त युवती पोखरीमा तैरिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।   

मृत फेला परेकी सो युवती  जनकपुरधाम उपमहानगरपालिका-६ की २५ वर्षीया रोशनी खातुन रहेको प्रहरीले जनाएको छ ।  पारिवारिक स्रोतका अनुसार पेठिया बजारमै कपडा पसल सञ्चालन गर्दै आईरहेकी खातुन मंगलबार दिउँसो  सार्वजनिक शौचालयमा शौच गरेर आउँछु भनी गएकी थिईन् । तर उनी फर्केर आईनन् ।   

उनको शव विहान मर्निंग वाकको क्रममा निस्कदा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । शौच गर्न जाँदा खातुन चिप्लिएर पोखरीमा डुबेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।  तथापी घटनाबारे अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *