पत्रकारसँग कंगनाकाे विवाद भएपछी पत्रकार संघद्वारा कंगना प्रतिबन्ध

 

असार २६, भारत । केही दिनअघि फिल्म ‘जजमेन्टल हे क्या’ को ‘द बखरा सङ्ग’ को लञ्चिङ कार्यक्रममा कंगना रनोटले भारतीय पत्रकार जस्टिन रावमाथि आफ्नो रिस पोखेकी थिइन् । 

उनको यस्तो व्यवहारपछि पत्रकार संघ (इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया) रुष्ट छ र उनीसँग माफीको माग गरिरहेका छन् । संघले कंगनालाई प्रतिबन्ध गरेको घोषणा गर्दै एकता कपुरलाई यसबारे चिट्ठी लेखेका छन् । यसैबीच एकताको फिल्म प्रोडक्सन कम्पनी बालाजी टेलिफिल्म्सको तर्फबाट एक आधिकारिक बयान जारी गर्दै माफी मागेकी छिन् र घटनाप्रति खेद जताएकी छिन् । 

null

 

यस्तो छ एकताको वक्तव्यः 

बालाजी टेलिफिल्म्सको स्टेटमेन्टमा लेखिएको छ, ‘सम्बन्धित व्यक्तिका लागि । ७ जुलाई २०१९ को गीत सार्वजनिक गर्ने कार्यक्रममा ‘जजमेन्टल हे क्या’ की नायिका एवं पत्रकार जस्टिन रावबीच भएको विवादबारे निकै चर्चा भइरहेको छ । दुर्भाग्यपूर्ण, घटनाले अप्रिय मोड लिएको छ । यसमा संलग्न मानिसहरुले निष्पक्ष रुपमा आ–आफ्नो धारणा राखे । तर यो हाम्रो फिल्मको कार्यक्रममा भयो । त्यसकारण निर्माता भएको नाताले हामी माफी चाहन्छौं र यो अप्रिय घटनाप्रति खेद व्यक्त गर्छौं ।’ 

‘हाम्रो उद्देश्य कसैको अपमान गर्नु होइन’ 

वक्तव्यमा थपिएको छ, ‘हामी यो स्पष्ट गर्न चाहन्छौं कि हाम्रो उद्देश्य कसैको अपमान गर्नु वा कसैलाई कुनै ठेस पुर्याउनु होइन । हाम्रो फिल्म ‘जजमेन्टल हे क्या’ २६ जुलाईमा रिलिज हुँदैछ र हामी मिडियासँग आग्रह गर्छौं कि यो एक घटनाका कारण फिल्मको टिमको मेहनत खराब हुन नदिनुहोस् ।’ 

यो हो पत्रकार संघको चिट्ठीः 

इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डिया नामको संस्थाले मामलामाथि संज्ञान लिँदै एकता कपुरलाई चिट्ठी लेख्यो जसमा उक्त कार्यक्रममा भएको घटनाको विषयमा खेद प्रकट गरेका छन् । 

चिट्ठीमा संघको तर्फबाट लेखिएको छ, ‘७ जुलाई २०१९ मा तपाईंको समूहले प्रेसका सदस्यलाई निमन्त्रण पठाएका थिए । गीत सार्वजनिक गरेपछि कुराकानीको क्रममा राजकुमार रावसँग स्टेजमा बसेकी कंगना रनौटले प्रेस टस्ट अफ इन्डिया (पिटिआई) का हाम्रा साथी पत्रकार जस्टिन रावमाथि उनको प्रश्न पुरा हुनु अघि नै अचानक कराउन सुरु गरिन् । यो व्यवहार अनावश्यक थियो ।’ 

 

‘तपाईं आफैं पनि कार्यक्रममा उपस्थित हुनुहन्थ्यो त्यसकारण तपाईंलाई पनि थाहा नै छ होला कि कंगनाले रावमाथि उनीविरुद्ध अभियान चलाएको आरोप लगाएकी थिइन् । त्यसकारण हामी इन्टरटेन्मेन्ट जर्नलिस्ट गिल्ड अफ इन्डियाका सदस्य तपाईंसँग, बालाजी टेलिफिल्म्स र कंगना रनोटसँग लिखित रुपमा पब्लिक स्टेटमेन्ट चाहन्छौं जसमा तपाईं यो घटना र विशेषगरी कंगना रनोटको व्यवहारको निन्दा गर्नुहोस् ।’ 

संघले गर्‍यो कंगनालाई प्रतिबन्धः 

गिल्डले आफ्नो चिट्ठीको अन्त्यमा लेखेको छ, ‘संघको रुपमा हामीले सामूहिक रुपमा कंगना रनोटलाई प्रतिबन्ध गरेका छौं र उनलाई कुनै प्रकारको मिडिया कभरेज नदिने निर्णय गरेका छौं । यो मामलामा तपाईं फिल्म जजमेन्टल हे क्या कुनै प्रकारले प्रभावित हुने छैन । हामी तपाईंको फिल्म र बाँकी कास्टलाई समर्थन गरिरहनेछौं, कंगना बाहेक ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *