अन्सारीबारे निर्णय लिन सुनुवाई समितिले समय थप्यो, ३ दिनमा सुनुवाइ नभए स्वतः अध्यक्ष

 

फागुन २१, काठमाडौँ । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीको विषयमा संसदीय सुनुवाई विशेष समितिले निर्णय लिन सकिरहेको छैन । 

दुईवटा जन्ममिति तथा शैक्षिक प्रमाण पत्र नै नक्कली भएको आरोप तथा उजुरी परेपछि अन्सारीको सुनुवाई सुरु भएपनि उनको विषयमा समितिले ठोस निर्णय लिन नसकेको हो । आज निर्णय हुन नसकेपछि सुनुवाई समितिले सिफारिसको निर्णय लिनका लागि ३ दिन थप गरेको छ । 

null

संवैधानिक परिषदले अन्सारीलाई सिफारिस गरेको मितिअनुसार थप ३ दिन समय थपिँदा ४५ दिन पुग्छ। यदि ४५ दिनसम्म समितिले निर्णय लिन नसके अन्सारी स्वतः मुस्लिम आयोगको अध्यक्षमा अनुमोदन हुने छन्। 

उनको नागरिकताको विवाद बारेमा प्रमुख जिल्ला अधिकारीलाई पुनः पत्र लेख्ने तथा अन्सारीका बाबुआमाको पनि नागरिकता समितिसमक्ष पठाउन सुनुवाई समितिले निर्देशन दिएको छ । 

संसदीय सुनुवाइ विशेष समितिमा मंगलवार भएको सुनुवाईका क्रममा सांसदहरुले अन्सारीलाई आफैं पछि हट्न सांसदहरुले सुझाव दिएका छन् । अन्सारीले प्रस्तुत गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै सांसदहरुले पछि हट्न सुझाव दिएका हुन् । 

सांसद एवं समितिका सदस्य योगेश भट्टराईले अन्सारीको दुई नागरिकता देखिएको र अन्य कागजात पनि विवादास्पद देखिएको बताए। उनले आफूसँग भएको नागरिकता र अन्सारीले समितिमा पेस गरेको नागरिकतामा हस्ताक्षर फरक फरक व्यक्तिको देखिएको बताए । 

अर्का सदस्य सुरेन्द्र पाण्डेले अन्सारीको प्रमाणपत्रमाथि प्रश्न उठाउँदै उनले पार्टी सदस्य त्यागेको र निर्वाचन आयोगले सदस्यता खारेज गरेको मिति नै फरक रहेको बताए । सदस्य शिवकुमार मण्डलले समितिमा परेको उजुरीमाथि प्रश्न गर्ने भनी अन्सारीलाई हप्काएका थिए। 

अन्सारीले भने एकपछि अर्को विषय उठाएर आफूलाई सुनियोजित रुपमा असफल पार्ने षडयन्त्र भएको टिप्पणी गर्दै आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *