रामेछापको मान्थलीमा सनराइज बैंकको १२२ औं शाखा

भदौ १९, काठमाडौं । सनराइज बैंकले रामेछापको मान्थलीमा १२२ औँ शाखा सञ्चालनमा ल्याएको छ ।   

बिहिबार आयोजित औपचारिक कार्यक्रममा मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, सनराइज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरे ।   

सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र श्री दीपक नेपालले संयुक्त रmपमा एटिएमको पनि उद्घाटन गरेका थिए ।   

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको सनराइज बैंकले हालसम्म १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।   

साथै आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *