पूर्व राजा वीरेन्द्रको आत्मा शान्तिका लागि पूजाको तयारी !

अर्घाखाँची। स्वर्गीय राजा वीरेन्द्रको आत्माले शान्ति नपाएको भन्दै अर्घाखाँचीमा एक महिलाले पूजाको तयारी गरेकी छिन् । सन्धिखर्क नगरपालिका १२ लहरेबाँध निवासी ५१ वर्षीया छमकला श्रेष्ठले सपनामा राजा वीरेन्द्र रुँदै आएको र भगवानले पूजा गर्न भनेकाले त्यसैअनुसार पूजा गर्न लागेको बताइन् । 

पूजाको लागि रेखी, प्रसाद, जौ, तिल, कुस, टपरी, कपडा, दियो, कलश, बत्ती , चकटी, चामल, महाप्रसाद, घिउ, तेल, हवन सामग्री सबै तयार भएको पनि उहाँको भनाई छ । स्वर्गीय राजा वीरेन्द्रको जहाँ हत्या भएको थियो, त्यही ठाउँमा गएर पूजा लगाउनु पर्ने भएकाले यसमा सरकारले सहयोग गर्नुपर्ने उनले बताइन् । 

‘एक वर्ष लगाएर सामग्री तयार पारें । सामग्री तयार पार्दा कसैलाई नभन्नु भनेकोले भनिनँ । अब भन्न सक्छौ भनेपछि सहयोग गर्न आग्रह गरेको हो’ उनले भनिन् । 

null

सूर्य भगवानले भनेअनुसार सात हातको २१ सय २१ सराको बत्ती बनाएको र त्यो बत्ती कात्तिक औंसीमा बाल्न सकेमा राम्रो हुने देवताले बताएको पनि उनको भनाई छ । 

स्वर्गीय राजा त्रिभुवनले सपनामा झाँक्रीलाई पाठो, देवीलाई फरहरा,  राजगद्धीको सत्यता हरायो,, भत्कियो धरहरा भनेर गीत समेत गाउने गरेको श्रेष्ठले बताइन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *