धरानमा स्नोकर च्याम्पियनसिप प्रतियोगिता हुँदै

 

माघ २, धरान । स्नोकर खेललाई व्यवसायिक रुपमा अगाडी बढाउने उद्देश्यले सुनसरीको धरानमा पहिलो पटक धरान स्नोकर च्याम्पियनसिप प्रतियोगिता–२०७५ हुने भएको छ । 

धरान भरीका खेलाडीहरुको विशेष जमघटका साथ आउँदो माघ ५ गतेबाट सुरु भइ माघ ८ गते सम्म सो प्रतियोगिता हुने भएको हो । प्रतियोगिता धरान–१६ अन्नपूर्ण चोकस्थित जोजोलपा स्नोकर क्लबमा हुनेछ । 

null

जोजोलपा स्नोकर क्लबको आयोजनामा हुन लागेको कार्यक्रमको बारेमा पत्रकार सम्मेलन मार्फत् जानकारी दिँदै आयोजक भव्य तयारीमा जुटेका छन् । 

 

खेलको माध्यमबाट स्वस्थ समाज निर्माणका लागि महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा धरानमा पहिलो पटक सो प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रमका संयोजक गौतम खालिङले बताए । 

३० भन्दा बढी खेलाडीहरुको सहभागिता रहने सो प्रतियोगीतका बिजेताले नगद ४० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुनेले १५ हजार, ट्रफि, प्रमाणपत्र र तेश्रो हुनेलाई नगद १० हजारका साथै ट्रफि, प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *